aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अमेरिकी हवाई उद्योग टाट पल्टिने सङ्केत, बफेटले बेचे आफ्नो सम्पूर्ण शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
अमेरिकी हवाई उद्योग टाट पल्टिने सङ्केत, बफेटले बेचे आफ्नो सम्पूर्ण शेयर

काठमाडौँ । सेयर बजारको बादशाहका रूपमा चिनिएका अरबपति अमेरिकी लगानीकर्ता वारेन बफेटले अमेरिकाका चार ठुला एयरलाइन्स कम्पनीको आफ्नो शेयर बिक्री गरेका छन् । उनको कम्पनी वर्कशायर हाथवेको वार्षिक बैठकमा उनले कोरोनाको कारण संसारमा ठुलो परिवर्तन भएको भन्दै यस्तो निर्णय गरेका हुन् ।

अनलाइन बैठकमा उनले एयरलाइन्स कम्पनीमा लगानी गर्ने आफ्नो निर्णय गलत भएको समेत स्वीकारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रोयटर्सका अनुसार सो बैठक भन्दा ठिक अघि उनको कम्पनीले यो वर्षको पहिलो त्रैमासमा ५० अर्व डलर घाटा लागेको घोषणा गरेको थियो ।

उनको कम्पनीले अमेरिकाका चार ठुला एयरलाइन्स कम्पनीहरू डेल्टाको ११ प्रतिशत, अमेरिकन एयरलाइन्सको १० प्रतिशत, साउथवेस्ट एयरलाइन्सको १० प्रतिशत र युनाइटेड एयरलाइन्सको ९ प्रतिशत सेयर खरिद गरेको थियो ।

अमेरिका र चीनले एक अर्का देशबाट भएका उडानलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने घोषणा गरे कै बेला बफेटले यस्तो निर्णय गरेका हुन् । उनले आफ्नो पछिल्लो निर्णयबारे भनेका छन्, ‘हामी त्यस्तो कम्पनीको आफ्नो शेयर बिक्री गर्छौँ जसमा गरिएको लगानी भविष्यमा पूर्णरुपमा नोक्सान हुने देख्छौँ ।’
 

प्रतिक्रिया दिनुहोस