aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोभिड १९ बीमा स्थगित, बीमक भन्छनः फेरि शुरु हुन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
कोभिड १९ बीमा स्थगित, बीमक भन्छनः फेरि शुरु हुन्छ

काठमाडौं । कोभिड १९ बीमा पोलिसी बिक्रि वितरण रोकिएको छ । नेपालमा कोरोना भाइसकेको प्रकोप बढ्दै गएका बेलामा २० वटा निर्जीवन बीमा कम्पनीहरुले शुरु गरेको कोभिड १९ बीमा पोलिसी भोलि(शुक्रबार) देखि केहि दिनका लागि स्थगन गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘डलडाउनका कारणले बीमा कम्पनीको अन्य पोटफोलियो घटबढ भएपछि यसको व्यवस्था गर्न कोभिड बीमा पोलिसी ल्याएका थिए,’ उनले भने ‘ सरकारले आगामी आवको बजेटमार्फत कोभिड बीमा खरिदको प्रिमियममा अनुदान दिने भनेको छ । यसको मोडालिटी तयार नभएकोले कोभिड–१९ को बीमा सम्बन्धी सरकारी निर्देशन कुरेर बसेका छौं ।’ 

भोलि शुक्रबार नेपाल पुर्नबीमा कम्पनीले कोभिड –१९ को बीमा मोडालिटी तयार पारिसकेको छ । यस  विषयमा समितिमा छलफल हुन्छ । अनिमात्र मोडालिटीको बारेमा भन्न सकिने पौडेलले बताए । ‘कोभिड–१९ बीमा पोलिसी बिक्री रोकिएको हैन, केही समयको लागि मोडालिटी बनाउन मात्र लागिएको हो,’ उनले भने । 

गत बैशाख ४ गते बीमा समितिले बीमा लेख बिक्री गर्न अनुमति दिएपछि २० वटा बीमा कम्पनीले वैशाख ७ गतेबाट कोभिड बीमा लेख बिक्रि गर्दै आएका थिए । करिब डेढ महिनाको अवधिमा ३ लाखले कोभिड बीमा गरेका छन् । कोभिड बीमा पोलिसी खरिद गर्ने अधिकांशले एक लाखको विमाङक पोलिसी खरिद गरेका छन । सो बीमा लेखबाट साढे १६ करोडभन्दा बढी बीमा शुल्क बीमा कम्पनीहरूले आर्जन गरेका छन् । 

यो विषम परिस्थितिमा पोटफोलियो व्यवस्थापनको लागि पनि बीमा पोलिसी बिक्री गर्नै पर्ने अवस्था थियो  । जोखिम नभएको क्षेत्र नै छैन, जहाँ पनि छ’ यसलाई अवसरको रुपमा लिएर बीमा कम्पनीले काम गरिरहेका थिए । यो पोलिसीबाट राम्रो पनि भएको थियो  । तर, तथ्यांकको व्यवस्थापन गर्नुपर्ने भएकोले अहिलेलाई सो पोलिसी बिक्री स्थगन गरिएको हो ।

कोभिड १९ का संक्रमितहरु बढ्दै गएपछि बीमा कम्पनीहरुको जोखिम व्यवस्थापन मूल्यांंकनका लागि तथ्यांक संकलनका गर्न केहि दिन लाग्ने भएकाले कोभिड–१९ बीमा केहि दिनका लागि स्थगित गरिएको बीमक संघले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस