
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटमा कुखुराको दानासँग सम्बन्धी कच्चा पदार्थमा कर वृद्धि गरेका कारण मासु र अण्डाको मूल्य वृद्धि हुने भएको छ । मकै र भटमासको पिनामा १.६ प्रतिशत मात्र कृषि सुधार शुल्क लागु भएकोमा अर्थ मन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा मार्फत कर वृद्धि गरेको नेपाल दाना उद्योग संघले जनाएको छ ।
हाल मकैमा ५५ र भटमासको पिनामा ९५ कृषि सुधार शुल्क तथा भन्सार दर कायम गरिएकोले उत्पादन लागत बढेको संघले जनाएको छ । दानाको मुल्य बढाउन बाध्य हुनेहुँदा प्रत्यक्षरुपमा किसाान एवमं उपभोक्तालाई मार पर्ने छन संघले जनाएको छ ।
खुल्ला सिमाना भएका कारण भारतबाट कम लागत मूल्यमा उत्पादित दाना,चल्ला,अण्डा आदि चोरी बाटोबाट भित्रने र नेपालको व्यवसाय धरासयी हुने अवस्था सृजना भएको उनीहरुको भनाइ छ ।
प्रत्यक्षरुपमा लाखौं व्यक्तिहरुले रोजगारी पाईरहेको यो व्यवसायलाई जिवित राख्न विगत बर्षहरूमा तथा तत्काल वृद्धि गरिएको कृषि सुधार शुल्क तथा भन्सार दर १५मात्र हुनेगरी तत्काल घटाउन संघले माग गरेको छ ।
नेपालको कृषि ब्यवसायहरु मध्ये निर्वाहमुखि कृषि प्रणालीभन्दा माथि उठेर ब्यवसायिक प्रणाली अपनाउंदै आफ्नै परिश्रममा ब्यावसायिक बन्दै देशलाई कुखुरा, अण्डा र मासुमा आत्मनिर्भर बनाउदै आईरहेको कुखुरापालन ब्यवसाय घोषित बन्दाबन्दीले गर्दा आक्रान्त बनेको संघले बताएका छ ।
पोल्ट्रीजन्य ब्यवसायले नेपालको अर्थतन्त्रमा ३.५५ देखि ४५ कुल ग्राहस्थ उत्पादनमा योगदान दिई रहेको संघको दावी छ । यो क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुको मात्रै करिब ४० अर्ब बराबरको ऋण लगानी भएको छ ।
कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएको यो ब्यवसाय धरासायी बन्न गएमा १ खर्ब ३० अर्बको लगानी डुब्नुका साथै प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाखौं व्यत्तिहरुले पाइरहेको रोजगारी गुम्न सक्ने चेतावनी देएको छ ।
ठूलो आर्थिक क्षति हुनेछ भने अर्को तर्फ जनस्वास्थ्यमा कुपोषण, ब्यवसायमा परनिर्भरता, बिदेशी कच्चापदार्थ तथा उत्पादनमा परनिर्भरता हुने अनुमान सहजै लगाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस