aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

२० बर्ष बाँझो रहेको जग्गामा सामुहिक आलुखेती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
२० बर्ष बाँझो रहेको जग्गामा सामुहिक आलुखेती

स्याङ्जा । २० बर्षबाट बाँझो रहेको जग्गामा सामुहीक आलुखेति शुरु गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाले सत प्रतिशत अनुदानमा विउ, मल, औषधी, प्राविधिक सहयोग दिएपछि किसानहरु बाँझो जग्गालाई हराभरा बनाउन स्थानिय जुटेका हुन् ।

कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलुले चिनाएको पहिचानलाई पुनः आलुखेती मार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए ।

२० वर्ष पहिलो परम्परागत रुपमा आलुखेती गरिने ठाउँमा युवाहरु वैदेशिक रोजगारीका लागी पलायन भएपछि त्यहाँका स्थानीयले आलुखेती गर्न छाडेका थिए र जग्गा बाँझो भएको थियो । गाउँपालिकाको सत प्रतिशत अनुदानमा अहिले भक्किम्ले, दत्तेलोटे, त्रिवेणी लगायतका स्थानीय ५४ घर परिवारले दत्तेलोटेमा सामुहीक खेतिमा जुटेको स्थानिय कृषक नारायण पौडेलले बताए ।

पहिलो चरणमा बाँझो रहेको २५० रोपनी खेती गरेको तथा बाँझो जग्गामा मा आलु खेती गर्न पालिकाले चार हजार पाचँ सय केजी आलुको विउ कृषलाइ उपलब्ध गराएको पौडेलले जानकारी दिए । माटो परीक्षण गरेर माटो सुहाउने भएपछि पालिकाले आलुको विउ, आवश्यक सिप, प्राविधिक सहयोग दिएपछि आफुहरु आलुखेतीमा जुटेको पौडेलको भनाई छ ।

कृषि उपजको बजारीकरण र ढुवानीको लागि पालिकाले व्यवस्था गरिदिने भएपछि किसानको बाँझो जग्गामा आलुले ढकमम्क भएको कृषक मणिरत्न पौडेलले बताउनुभयो । सामुहिक रुपमा आलु खेती सुरु भएसंगै आफुहरुका खुसीका दिन आएको बताउदँै पौडेलले रोजगारको लागी गाँउदेखि बजार झर्नेको सख्यामा बृद्ध भएसंगै गाँउनै खाली हुने अवस्थाको अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे ।

आलु खेतीले गाँउको विरासत पुन फर्केने रोजगारका लागी बजार पसेका युवाहरु पनि गाँउ फर्केनेमा कृषक पौडेलले आशा राखे । यहाँका एक जना कृषकले २५ केजी देखि तिन सय केजी सम्म बर्खे आलु दुई रोपनी देखि २५ रोपनी सम्म आलु रोपेका छन् ।

बेसिजनमा रोपेको आलु मिठो र राम्रो हुने तथा मुनाफा आर्जनको हिसाबले पनि राम्रो रहेको उपाध्यक्ष शर्मिला पौडेलले बताए । उनले हरेक बर्ष उत्पादनको क्षेत्र बढाई जिल्लाकै आलुखेतीको नमुनागाउँ बनाउने गाउँपालिकाको सोच रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस