
काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले लकडाउनको मोडालिटी तत्कालै परिर्वतन गर्न माग गरेको छ । महासंघले शुक्रबार पैस विज्ञप्ती जारी गर्दै लकडाउनको मोडालिटी परिर्वतन गरी पसल व्यवसायहरु खुलाउन माग गरेको हो । बिहीबारदेखि व्यवसायीहरुले एकतर्फी निर्णय गरी पसलहरु शुचारु गरेका विषयमा पनि महासंघले स्वागत योग्य भएको बताएको छ ।
महासंघकी अध्यक्ष कमला गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ बिहीबारदेखि देशभरका उद्योगी–व्यवसायीहरुले एकतर्फी निर्णय गरी व्यवसायहरु सञ्चालनमा ल्याउनु भएको छ, उक्त अभियानमा नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ ऐक्येवद्धता व्यक्त गर्न चाहान्छ ।’
कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दी (लकडाउन) लामो समयसम्म लम्बिदै जादा पनि उद्योगी–व्यवसायीहरुका लागि
राज्यका तर्फबाट सहुलियतका प्याकेज नआएका कारण देशभरका आम उद्योगी–व्यवसायीहरु हतोत्साहित भएका बताइएको छ । अध्यक्ष गुरुङ उद्योगी–व्यवसायीहरुका लागि तत्कालै राहत प्याकेजको घोषणा गर्न पनि माग गरेकी छिन् । ‘लकडाउनलाई सहज बनाई व्यवसायीमूखी राहत प्याकेज घोषणा गर्न महासंघ जोडदार माग गर्दछ’ गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस