aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेको इन्स्योरेन्सको ८.१६ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ जेठ २०७७
नेको इन्स्योरेन्सको ८.१६ प्रतिशत लाभांश पारित

काठमाडौं । नेको इन्स्योरेन्सले प्रस्तावित ८ दशमलव १६ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीले शुक्रबार २४ औं वार्षिक साधारण सभा सम्पन्न गरि प्रस्तावित नगद लाभांश पारित गरेको हो । कम्पनीले यस अघि वैशाख १ गते स्थगित सभा लकडाउनका विच विशेष सावधानी अपनाएर सम्पन्न गरेको हो । 

यस अघि ८ दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले बीमा समितिको निर्देशनमा शंसोधन गरी ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साधारण सभा र लाभांश प्रयोजनका लागि कमपनीले चैत २४ गतेदेखि बुक क्लोज गरेको थियो । यस आधारमा त्यस दिनभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र यो लाभांश पाउनेछन् । 

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गरेको यस कम्पनीले यस वर्ष भने नगद लाभांशलाई मात्र जोड दिएको छ । बीमा समितिले तोके बमोजिम चुक्तापूँजी कायम गरिसकेको यस कम्पनीको हाल चुक्तापूँजी  १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ छ । तोके बमोजिमको  १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न यस अघि हकप्रद र बोनस शेयरको सहारा लिएको नेको इन्स्योरेन्सले यस वर्षभने नगद लाभांशलाई जोड दिएको हो ।
 

प्रतिक्रिया दिनुहोस