aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कर्णालीमा जलविद्युत् आयोजनाको अध्ययन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
कर्णालीमा जलविद्युत् आयोजनाको अध्ययन गरिने

जुम्ला । आगामी आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गरिने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ घोडामौलामा १० मेगावाटको हिमा जलविद्युत् आयोजनाको सभ्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका रोजगार संयोजक हंशराज न्यौपानेले बताए । उने ने, “आयोजना अध्ययनका लागि सङ्घीय सरकारले रु २९ लाख पाँच हजार बजेट विनियोजन गरेको छ ।

त्यसैगरी हुम्लाको १० मेगावाटको दार्म नदी जनविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका इञ्जीनियर माधव प्याकुलले बताए। उक्त आयोजना अध्ययनका लागि रु दुई करोड पाँच लाख आठ हजार रकम विनियोजन भएको छ । 

डोल्पाको ५०० मेगावाट जलविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले रु पाँच करोड ५८ लाख ८६ हजार रकम विनियोजन गरेको छ । सङ्घीय सरकारले देशभर २३ जलविद्युत् आयोजना अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस