
काठमाडौं । होटलमा कार्यरत कर्मचारीले विदेशबाट फर्किएका नागरिकलाई क्वारेन्टाइमा राख्न नमानेका कारण फाइभ स्टार होटललाई क्वारेन्टाइन नबनाइएको बताइएको छ । होटल एसोसिएसन संघकी अध्यक्ष सिर्जना राणाले कर्मचारीहरूले क्वारेन्टाइनको लागि प्रयोग हुने होटलमा काम गरेमा आफूहरूलाई घरमै पस्न नदिने भनेपछि हामीले होटललाई क्वारेन्टाइन नबनाएको बताइन् ।
‘कर्मचारीले होटललाई क्वारेन्टाइन बनाए आफूहरू घरनै जान नपाउने बताएपछि हामीले कर्मचारीको होटललाई क्वारेन्टाइन नबनाउने शर्त मान्यौं,’ उनले भनिन् ‘सरकारसँग कुनै पनि कुराको स्पष्ट नीति छैन ।’ कुनै पनि नीति तथा कार्यक्रमहरू आउँदा क्लियर रुपमा आउँदैन ।’ कुन संस्था तथा फर्मको कस्तो स्ट्रेन्थ हो भन्ने नबुझी ल्याएको कार्यक्रम सहजै स्वीकार गर्न पनि सकिएा ।’
अहिले सबैतिर कोरोनाको प्रभाव छ । सबै डराइ राखेको यो अवस्थामा होटललाई क्वारेन्टाइनमा उपयोग गर्दा यसको असर यहाँ कार्यरत कर्मचारी, कर्मचारीको परिवार तथा छिमेकमा समेत पर्न जाने देखिएको उनले बताइन् ।
कोभिड–१९ का कारण जनवरीदेखि नै शिथिल बनेका होटल व्यवसायहरू फागुनदेखि नै बन्दको अवस्थामा छन् । चैत ११ गतेदेखि लकडाउन शुरु भएको छ । अहिलेमात्र होइन अबका एक/दुई वर्षसम्म पनि होटल व्यवसाय पूर्ववत अवस्थामा फर्कने अवस्था छैन । होटल बन्द हुँदा मासिक २ अर्ब घाटा परेको व्यवसायीहरूले बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस