
काठमाडौं । विद्युत महसुलका विषयमा कुनै पनि निर्णय नभएको विद्युत नियनम आयोगले जनाएको छ । विद्युत महसुल निर्धारणका विषयमा केही ग्राहक वर्गको विद्युत महसुल घट्ने तथा डेडिकेटेड लाईनको प्रावधान हट्ने लगायतका समाचारहरुप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल विद्युत प्राधिकरणबाट उपभोक्ता महसुलको सम्बन्धमा पेश भएको निवेदन तथा विवरण उपर आयोगले मिति २०७७/२/१२ गते सूचना प्रविधिमा आधारित सार्वजनिक सुनुवाई सम्पन्न गरी सरोकारवालाहरुबाट प्राप्त राय, सुझाव तथा प्रतिक्रियाहरु समेतलाई मध्यनजर गर्दै आयोगले अध्ययन गरिरहेको आयोगले सूचनामा उल्लेख गरेको छ।
ऐन, नियम तथा निर्देशिकाको परिधिभित्र रही विद्युत महसुल सम्बन्धमा आवश्यक निर्णय गरिने तथा हाल उक्त निवेदन तथा विवरणहरु अध्ययन र विश्लेषणको क्रममा रहेको हुँदा विभिन्न संचार माध्यममा सम्प्रेषण भइरहेका गलत समाचार सम्बन्धितमा सबै सजक रहन समेत आयोगले भनेको छ ।
प्रतिक्रिया दिनुहोस