aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

इन्फिनिटी लघुवित्तको आईपीओ भोलिदेखि खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
इन्फिनिटी लघुवित्तको आईपीओ भोलिदेखि खुल्दै

काठमाडौं, जेठ १२,  । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आईपीओ भोलि सोमबारदेखि बिक्री खुल्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख २९ हजार ९३० कित्ता आईपीओ बिक्री खुल्ला गर्न लागेको हो । 

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम् ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  यो आईपीओ बिक्री छिटोमा जेठ १६ र ढिलोमा असार १० गतेसम्म बन्द हुनेछ । यस आईपीओलाई केयर रेटिङ नेपालले गे्रड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको चुक्ता पुँजी १४ करोड रहेकोमो आईपीओ बाँडफाँडपश्चात २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ । 
त्यस्तै चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड १९ लाख खुद नाफा कमाएको छ ।
 

प्रतिक्रिया दिनुहोस