aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कुन देशबाट कति नेपाली भित्रिँदैछन् ? (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
कुन देशबाट कति नेपाली भित्रिँदैछन् ? (सूचीसहित)

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण विदेशमा अलपत्र भएका र उद्दार गर्नैपर्ने अवस्थामा रहेका नेपालीहरुको सूची तयार पारेको छ ।

परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएको विवरणअनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ ।

मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार उक्त सूची तयार पारेको जनाएको छ ।

मन्त्रालयको सूची अनुसार ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना रहेको उल्लेख छ ।

कुन देशमा कति ?

  1. अमेरिका- ६४६
  2. ब्रिटिस टेरिटोरी-४९
  3. क्यानडा- ७८
  4. साउदी अरब-३३१२
  5. संयुक्त अरब इमिरेट्स (यूएई)- ४१०
  6. बहराइन- ३७२
  7. इजरायल- ३९
  8. युगाण्डा-१६१
  9. नाइजेरिया-९७
  10. दक्षिण सुडान-१८
  11. सुडान-३१
  12. मोरक्को-६३
  13. कतार-३६०८
  14. मलेसिया-६४२५
  15. थाइल्याण्ड-३५७
  16. सिंगापुर-६१
  17. कम्बोडिया-४१
  18. भियतनाम-४
  19. लाओस-२
  20. जापान- ९१६
  21. कोरिया-२८२
  22. बंगलादेश-१८०
  23. श्रीलंका-३६
  24. पाकिस्तान-१२५
  25. डेनमार्क/नर्वे/स्वीडेन/फिनल्याण्ड-७६
  26. ओमन-६५६
  27. साइप्रस- ४७१
  28. कुबेत-२९९१
  29. माल्दिभ्स-७२४
  30. अष्ट्रेलिया-१३००

जम्मा- २४,१४८

प्रतिक्रिया दिनुहोस