aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बिन्ध्यबासिनी हाइड्रोपावर र माउण्टेन इर्नजीले पनि पाए रेटिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
बिन्ध्यबासिनी हाइड्रोपावर र माउण्टेन इर्नजीले पनि पाए रेटिङ

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र माउण्टेन इर्नजी नेपालले जारी गर्न लागेको आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । विन्ध्यबासिन हाइड्रोपावरले २५ लाख कित्ता र माउण्टेन इर्नजी नेपालले ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न लागेका हुन । 

केयर रेटिङ्ले प्रदान गरेको ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । यी दुवै कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेका छन् ।

विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत माघ १ गते माउण्टेन इर्नजी नेपालले फागुन २६ गते निवेदन दिएका हुन । कम्पनीहरुले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस