aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिद्धार्थ इन्स्योरेन्सको रोकिएको साधारण सभा पुनः आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
सिद्धार्थ इन्स्योरेन्सको रोकिएको साधारण सभा पुनः आव्हान

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले असार १३ गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको यस अघि चैत २८ गते हुन नसकेको सभा पुनः आव्हान गरिएको हो । कम्पनीको जेठ २७ गतेको सञ्चालक समितिको बैठकले पूर्व निर्धारित विषयहरुमाथी छलफल गर्ने गरि सभा गर्ने निर्णय गरेको हो । सभा विहान ११ कम्पनीको भवन , बबरमहल, हनुमानस्थान, काठमाडौंमा हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सँगै सर्वसाधारण तर्फबाट १ जना सञ्चालन निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गतेदेखि बुक क्लोज गरेको छ । यस आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् । चैत १३ गते अगाडी चैत ९ गते अन्तिम कारोबार भएको थियो । यस वर्ष कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन् ।

 आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट कम्पनीले १५ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बोनस पश्चात कम्पनीको  १ अर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड ८१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत वर्ष यस अवधिसम्म  १ अर्ब ३४ करोड ३३ लाख रुपैयाँभन्दा बढी थियो । 

डगत वर्षभन्दा यस वर्ष कम्पनीले साढे ११ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा भने ११ दशमलव ४२ प्रतिशत कमि आएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म १८ करोड १० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको यो कम्पनीले यस वर्ष सोहि अवधिसम्म १६ करोड ३ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । 

यस वर्ष गत वर्षभन्दा ६ दशमलव ३६ प्रतिशतले आम्दानी घट्दा कम्पनीको नाफा घटेको हो । गत वर्ष  ३० करोड ७६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको यो कम्पनीले यस वर्ष  २८ करोड ८० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको हो । गत वर्ष  २४ करोड ४७ लाख रुपैयाँभन्दा बढी रहेको जगेडा कोष रकम यस वर्ष  २३ करोड ८४ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । कम्पनीको बीमा कोषमा ७५ करोड ७६ लाख रुपैयाँभन्दा बढी रकम छ । 

 गत वर्ष तेस्रो त्रैमाससम्म ८९ हजार ७८३ बीमालेख जारी रहेकोमा यस वर्ष सोहि अवधिसम्म यो संख्या १ लाख ३ हजार ९३३ रहेको छ । गत वर्ष  ८५ करोड ६९ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको यो कम्पनीले यस वर्ष ६६ करोड ९२ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस