aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बेष्ट फाइनान्सको वार्षिक साधारणसभा असार १८ गते हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
बेष्ट फाइनान्सको वार्षिक साधारणसभा असार १८ गते हुदैं

काठमाडौं । बेष्ट फाइनान्सले २३ औं वार्षिक साधारण सभा असार १८ गते हुने भएको छ । कम्पनीको जेठ २७ गतेको सञ्चालक समितिको बैठकले केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाका लागि गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथी छलफल, चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ती र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालकको अनुमोदन लगाएतका विषय तय भएको छन् । सभा प्रयोजनाका लागि बेष्ट फाइनान्सले असार ३ गते एक दिन बुक क्लोजको मिति तय गरेको छ । 

प्रतिक्रिया दिनुहोस