
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अरुण कावेली पावरले २२ करोड १ लाख १७ हजार रुपैयाँ विद्युत विक्री गरेको छ । गत कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन थालेको यस कम्पनीले विद्युत विक्री गरेसँगै नाफामा उल्लेख्य बृद्धि गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म १ लाख ५० हजार रुपैयाँ थियो ।
गत वर्ष तेस्रो त्रैमाससम्म १६ लाख ९३ हजार रुपैयाँ कुल आम्दानी गरेको यस कम्पनीले यो वर्ष सोही अवधिसम्म २२ करोड ५ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । आम्दानीमा उल्लेख्य बृद्धिसँगै कम्पनीको नाफापनि बढेको हो ।
यो कम्पनीले पाँचथर र ताप्लेजुङ्ग सीमा भएर बग्ने काबेली नदीको पानीबाट २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको हो । यस कम्पनीको तेस्रो त्रैमाससम्म चुक्तापूँजी , जगेडा कोष रकम र कर्जा कोष रकम गरि ४ अर्ब ७१ करोड ६ लाख ५१ हजार रुपैयाँ रहेको छ । कर्जा कोषमा ३ अर्ब १८ करोड ८० लाख रुपैयाँ रहेको छ ।
नाफा बढेसँगै गत वर्षसम्म १ करोड ५३ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म २ करोड ९८ लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीले अल्पकालिन अवधिका लागि ३१ करोड ७५ लाख ७ हजार रुपैयाँ सापटी लिएको वित्तीय विवरणमा उल्लेख छ । यो रकम गत वर्षको यसै अवधिसम्म २३ करोड ३९ लाख ३५ हजार रुपैयाँ थियो । तेस्रो त्रैमाससम्ममा कमपनीको प्रतिशेयर आम्दानी ४ दशमलव शून्य २ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०१ दशमलव ९९ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस