aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कति पायो रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कति पायो रेञ्ज ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यस कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिने व्यवस्था भएपनि बजार बन्द रहेकाले बजार सुचारु हुनासाथ कारोबार गर्न मिल्ने भएको छ ।

 यस कम्पनीले नेप्सेमा सूचीकृत गराउनुपूर्वनै शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गराई सकेको छ । पहिलो कारोबारका लागि नेप्सेले  १४१ रुपैयाँ दशमलव ४५ देखि  ४२४ दशमलव ३५ रुपैयाँसम्मको मूल्यरेञ्ज तोकेको छ । सोहि मूल्यरेञ्जको आधारमा कम्पनीको पहिलो कारोबार खुला हुनेछ ।

लकडाउनका विच गत चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको कम्पनीले लकडाउनकै विच सूचीकृत गर्ने योजना पुरा गरेको छ । कुल कित्तामध्य संस्थापकतर्फको ८ करोड ४० लाख र सर्वसाधारण तर्फको १ करोड ६० लाख कित्ता रहेको छ ।

कम्पनीको शेयर जेठ ११ गतेनै संस्थापक सहित १० करोड कित्ता शेयर सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण गरिएको थियो । नेपाल पुनर्बीमा कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म  १ अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई विक्री गरेको हो । 

आईपीओपछि  १० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गरेको कम्पनीले आर्थिक वर्ष २०७७/८८ सम्ममा  १० अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी पु¥याउने प्रक्षेपण गरेको छ । यस आधारमा चालू आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर दिने कम्पनीको योजना प्रष्ट देखिएको छ ।


 

प्रतिक्रिया दिनुहोस