aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अपर तामाकोशिको ११ औं वार्षिक सभा असारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
अपर तामाकोशिको ११ औं वार्षिक सभा असारमा

जेठ १२, काठमाडौं । अपर तामाकोशि हाइड्रोपावर कम्पनीले ११ औं वार्षिक साधारण सभा असार ११ गते गर्ने भएको छ । कम्पनीले सभामा वार्षिक प्रतिवेदनमा छलफलगरी पारित गर्ने र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालनमा निर्वाचन गर्न सभा बोलाएो छ । 

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक लगाएत अन्य संस्थाहरुलाई सञ्चालन समितिको निर्णयले गरेको सहयोग रकमलाई अनुमोदन गर्ने विशेष प्रस्तावमा राखेको छ ।  कम्पनीको साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका जेठ २१ गतेदेखि असार ११ गतेसम्म बन्द रहने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस