aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लगानी कोषद्वारा साधारण सभा आव्हान, लाभांश सहित हकप्रदको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
लगानी कोषद्वारा साधारण सभा आव्हान, लाभांश सहित हकप्रदको प्रस्ताव

 काठमाडौं । नागरिक लगानी कोषले २५ औंं वार्षिक साधारण सभा असार २० गतेका लागि तय गरेको छ । कोषको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले कोषको नयाँ भवन परिसर नयाँ बानेश्वर, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । यस वर्ष कम्पनीले लाभांश सहित हकप्रद शेयरको प्रस्ताव सभाका लागि तय गरेको छ ।

 कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश सहित १ बराबर शून्य दशमलव ८३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १० गते एक दिन बुक क्लोज गर्ने बताएको छ । यस आधारमा बजार सुचारु भए असार ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस