
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले स्थानिय र सर्वसाधारणका लागि आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
यसका लागि कम्पनीले जेठ २५ गते बोर्डमा निवेदन दर्ता गरेको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ ।
प्रतिक्रिया दिनुहोस