
काठमाडौं । बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित घरमा आइतबाबर झुण्डिएर आत्महत्या गरेका हुन् । आत्हत्याको कारण भने खुल्न सकेको छैन ।
बीबीसीका अनुसार सुशान्त सिंह राजपूतका कामदारले बान्द्रा प्रहरी स्टेशनलाई यो कुराको जानकारी दिएका थिए । टीटेलिश्रृङ्खला 'किस देशमे हे मेरा दिल', 'पबित्र रिश्ता' लगायतबाट चर्चामा आएका उनले पछिल्लो समय ठूलो पर्दाका फिल्महरुमा समीक्षात्मक सफलता पाइरहेका थिए।
सन् २०१२ मा फिल्म काइ पो चेबाट बलिउड डेब्यु गरेका उनको सबैभन्दा सफल फिल्म हो एम एस धोन : दी अनटोल्ड स्टोरी। फिल्म केदारनाथमा उनको उत्कृष्ट अभिनय देख्न पाइन्छ। सुपरहिट फिल्म पीकेमा पनि उनले अभिनय गरेका छन्। हलिउड फिल्म दी फल्ट इन आवर स्टारको रिमेकमा बन्न लागेको दिल बचेरामा उनले काम गरेका छन् जुन सार्वजनिक हुन बाँकी छ। उनको सन् २०१९ मा छिचोरे हिट भएको थियो।
प्रतिक्रिया दिनुहोस