
काठमाडौं । अपि पावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षभन्दा १७ प्रतिशत कम खुद नाफा गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा ६ करोड ६ लाख ५८ हजार रुपैयाँ छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ७ करोड ३१ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष विद्युत विक्री आम्दानीमा कमि आएकाले कम्पनीको खुद नाफा घटेको हो ।
गत वर्षभन्दा यस वर्ष विद्युत विक्री आम्दानी बढाएको कम्पनीको गैर सञ्चालन खर्च बढी भएकाले नाफा घट्न गएको देखिन्छ । गत वर्ष १५ करोड ३४ लाख ४६ हजार रुपैयाँ विद्युत विक्री गरेको कम्पनीले यस वर्ष सोहि अवधिमा २४ करोड २३ लाख ४९ हजार रुपैयाँको विद्युत विक्री गरेको छ । अन्य स्रोतबाट कम्पनीले १५ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको छ । कुल आम्दानी करिब ५७ प्रतिशत बढी भए पनि गैर सञ्चालन खर्च १२३ प्रतिशतभन्दा बढी भएको छ ।
गत वर्ष यो शिर्षकमा ६ करोड ७७ लाख ११ हजार रुपैयाँ खर्च भएकोमा यस अवधिसम्म १५ करोड १२ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ८ दशमलव १९ रुपैयाँदेखि घटेर ६ दशमलव ७९ रुपैयाँ मा सिमित भएको छ । तेस्रो त्रैमाससमम कम्पनीको प्रतिशेयर नेटवर्थ १११ दशमलव ३३ रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम १३ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ । गत वर्षको भन्दा यस वर्ष जगेडा कोष रकम ७६ प्रतिशत बढी कायम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ७ करोड ६६ लाख २२ हजार रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस