काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको गत चैत २६ गते स्थगित सातौं वार्षिक साधारण सभा असार २२ गते हुने भएको छ । कम्पनीको जेठ ३० गतेको सञ्चालन समितिको बैठकले केन्द्रिय कार्यालय कास्की, पोखरामा विहान ११ बजे उक्त सभा गर्ने निर्णय गरेको हो ।
सभाले पूर्व निर्धारित छलफलका विषयहरुनै पारित गर्नेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।
साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गर्न उपयुक्त देखिएमा उक्त कामका लागि सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने विषय पनि सभामा छलफलका लागि पेश गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १० गतेदेखि बुक क्लोज गरेको छ । यसर्थ चैत ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस