aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तिनाउँ मिसन डेभलपमेण्टद्वारा साधारणसभा आव्हान, बोनस र हकप्रद पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
तिनाउँ मिसन डेभलपमेण्टद्वारा साधारणसभा आव्हान, बोनस र हकप्रद पारित गर्दै

काठमाडौं । तिनाउँ मिसन डेभलपमेण्ट बैंकले १३ औं वार्षिक साधारण सभा असार २५ गते बोलाएको छ । कम्पनीले सिद्धार्थ कटेज बुटवल, रुपन्देहीमा विहान ११ः३० बजे सभा बोलाएकोे हो । सभाले गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन , नाफानो क्सान हिसाव र वासलतका साथै नगद प्रवाह विवरण पारित गर्नुका साथै प्रस्तावित १२ प्रतिशत बोनस शेयर पनि पारित गर्नेछ । 

उक्त सभाले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा ३ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यक्रम रहेको छ । हाल कम्पनीको चुक्तापूँजी  १ अर्ब १४ करोड ४१ लाख ६८ हजार रुपैयाँ छ । सोहि पूँजीको अधारमा १२ प्रतिशत बोनस शेयर दिन लागेको कम्पनीले बोनस पश्चात कायम  १ अर्ब २८ करोड १४ लाख ६८ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा ३ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ । 

त्यस्तै संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीले आइतवार सार्वजनिक गरेको साधारण सभा सम्बन्धि सुचनामा बुक क्लोजको मिति भने उल्लेख गरेको छैन् ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले १६ करोड ७८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १६ लाख ४० हजार रुपैयाँ छ । जगेडा कोष रकम  १८ करोड ७३ लाख १ हजार रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक १३ दशमलव ३६ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ  १३६ दशमलव ६६ रुपैयाँ छ । 
 

प्रतिक्रिया दिनुहोस