aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भोलिदेखि मोटरसाइकलमा जोरविजोर लागू, चारपाँग्रेमा तीन जनामात्र चढ्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
भोलिदेखि मोटरसाइकलमा जोरविजोर लागू, चारपाँग्रेमा तीन जनामात्र चढ्न पाइने

काठमाडौं । गृह मन्त्रालयले असार १ गते सोमबारदेखि चारपांग्रे निजी सवारी साधन सहित मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । यसअघि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योरहेकाले आइतबार गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू हुने र चालकमात्र यात्रा गर्न पाउने व्यबस्थाको निर्देशन दिएको हो । 

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने र चारपाँग्रेमा चालक सहित तीन जना यात्रा गर्न पाउने व्यवस्था भएको जानकारी दिए । 

यसैगरी काठमाडौं उपत्याकाका तीन जिल्लाका हकमा भने यो नियम लागू नहुने र अन्य जिल्लाहरुमा एक जिल्लाबाट अर्को जिल्लामा आवात जावतमा भने रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस