aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
आईपीओ

४ अर्ब ३० करोडको आईपीओ निष्कासन गर्न सेबोनमा आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
४ अर्ब ३० करोडको आईपीओ निष्कासन गर्न सेबोनमा आवेदन

काठमाडौं । विभिन्न क्षेत्रका १६ वटा कम्पनीले ४ अर्ब ३० करोडको साधारण शेयर निष्कासनका लागि धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । सेबोनमा आवेदन दिने कम्पनीहरूमा चन्द्रागिरी हिल्सस्सहित १० वटा हाइड्रोपावर कम्पनी, इमर्जिङ नेपाल, अजोड इन्स्योरेन्स, समाज लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था र सीआईबीएल क्यापिटल रहेका छन् ।

सेबोनमा सबैभन्दा बढी शेयर निष्कासन लागि आवेदन दिनेमा मध्यभोटोकोशी  जलविद्युत आयोजना रहेको छ ।  उक्त आयोजनाले एक अर्ब ५० करोड मूल्य बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न सेबोनसँग अनुमति मागेको हो । 

माउण्टेन इन्जिनियरीङले ३९ करोड ३६ लाख, ग्रिनलाइफ हाइड्रोपावर ३४ करोड ९६लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति मागेका छन् । विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्टले २५ करोड मूल्य बराबरको २५ लाख कित्ता सेयर निष्कासन गर्न सेबोनसँग अनुमति मागेको छ । 

हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको छ । यी दुई कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवद्र्धकका विन्दबासिनीको सानिमा क्यापिटल र हिमालयको जनता क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

त्यस्तै चन्द्रागिरी हिल्स्ले १८ करोड ४० लाख मूल्य बराबरको साधारण शेयर निष्कासन गर्न धितोपत्र बोडमा आवेदन दिएको छ । आईएमई ग्रुपअन्तर्गतको चन्द्रागिरी हिल्सले जेठ २५ गते १८ लाख ४० हजार ९सय १० कित्ता साधारण सेयर(आईपीओ) निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो । चन्द्रागिरीले स्थानिय बासिन्दा र सार्वसाधारणको लागि साधारण शेयर निष्काशन गर्न गृहकार्य शुरु गरेको हो । 

कम्पनीले जारी गर्न लागेको शेयर चुक्ता पूँजीको १२ प्रतिशतमात्रै हो । सो सेयर कित्ता सेयरमध्य १० प्रतिशत सर्वसाधारणको लागि हो भने २ प्रतिशत आयोजना प्रभावितको हो । चन्द्रागिरीले शेयर निष्कासन तथा बिक्री प्रवद्र्धकमा ग्लोबल आइएमई क्यापिटल तोकेको छ । यी तीन कम्पनीको शेयर निष्कासनका लागि अनुमति प्रक्रिया प्रारम्भिक चरणमा रहेको छ । 

सेबोनले आठ कम्पनीको सेयर निष्कासन प्रक्रियाका लागि सम्बन्धित कम्पनीलाई टिप्पणी उठाएर पठाएको छ । कम्पनीसँग अपुग डकुमेण्ट मगाएको सेबोनले  जनाएको छ । यसरी थप कागजपत्र मगिएको कम्पनीमा शुभम्म पावर लिमिटेड, इमर्जिङ नेपाल, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, मध्य भोटकोशी, अजोड इन्स्योरेन्सलगायतका कम्पनी रहेका छन् । 

शुभम्म पावरले ५ करोड ८० लाख ५८ हजार मूल्य बराबरको ५ लाख ८० हजार  ५ सय ८० कित्ता शेयर निष्काशन गर्न लागको हो । त्यस्तै इमर्जिङ नेपालले ५ करोड, सीईडीबी हाइड्रोपावरले २५ करोड १८ लाख २३ हजार, तेह्रथुम पावर हाउस १२ करोड, अजोड इन्स्योरेन्सको ३० करोड, समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख मूल्य बराबरको ८६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । साधना लघुवित्तले ७० करोड ७८ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो  । 

त्यस्तै सीबीआईएल क्यापिटलले ३० करोड शेयर निष्कासनका लागि पुनः समिक्षा भइरहेको छ भने  मैलुङखोला जल विद्युत आयोजनाको ७३ करोड मूल्य बराबरको सेयर निष्कासनका कम्पनीले पठाएको डकुमेण्टमा जवाफ खोजिएको छ । 

प्रतिक्रिया दिनुहोस