
काठमाडौं । नागरिक लगानीकोषले लाभांश सहित असार २० गते बोलाएको २५ औं वार्षिक साधारण सभा प्रयोजनका लागि असार १० गते बुक क्लोज गर्ने भएको छ । कोषले सुचना जारी गरि बुक क्लोजको मिति सार्वजनिक गरेको हो । कोषले २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साथै बोनस पश्चात ८२ दशमलव ८४ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
कोषले असार १० गते गरेको बुक क्लोज हकप्रदको लागि भने मान्य हुने छैन् । साधारण सभाबाट पारित भएपश्चात प्रकृयागत रुपमा नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएपश्चात हकप्रदको लागि बुक क्लोज सार्वजनिक गर्नेछ । यो बुक क्लोज मिति भने लाभांश र साधारण सभामा सहभागी हुनका लागि मात्र लागू हुनेछ ।
नेपाल स्टक एक्सचेञ्जमा अन्य समूहमा सूचीकृत यो कम्पनीको उक्त समूहका अन्य कम्पनीभन्दा शेयरमूल्य बढी छ । नागरिक लगानीकोषको वैशाख ३१ गतेको कारोबारमा अन्तिम शेयरमूल्य २ हजार २सय ९६ रुपैयाँ कायम भएको छ । आकर्षक लाभांश सहित हकप्रदको प्रस्ताव गरेको यस कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढ्ने देखिन्छ । यो कम्पनीले बजारमा माग र आपुर्तिको सन्तुलन कायम गर्ने गरि स्टक डिलरको रूपमा काम गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस