
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले असार २४ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो । सभाले १२ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४१ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको आधारमा लाभांश दिन लागेको हो । लाभांश सँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नगद प्रवाह विवरण तथा नाफा नोक्सान हिसाव समेत पारित गर्नेछ ।
उक्त सभाले सञ्चालकको संख्या घटाउने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीने असार ८ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस