
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ आज जेठ १३ गते सोमबारदेखि बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख २९ हजार ९३० कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम् ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ बिक्री छिटोमा जेठ १६ र ढिलोमा असार १० गतेसम्म बन्द हुनेछ ।
यस आईपीओलाई केयर रेटिङ नेपालले गे्रड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको चुक्ता पुँजी १४ करोड रहेकोमो आईपीओ बाँडफाँडपश्चात २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
त्यस्तै चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड १९ लाख खुद नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस