aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा असार २९ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा असार २९ गते

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा असार २९ गते हुने भएको छ । कम्पनीको असार १ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पारित गर्न सभा बोलाएको हो । कम्पनीको हाल १ अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस