aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
आयोग निर्णय

प्राधिकरणको आम्दानी ७७अर्ब ४३ करोडबढी, निर्यातबाट मात्रै ८२ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
प्राधिकरणको आम्दानी ७७अर्ब ४३ करोडबढी, निर्यातबाट मात्रै ८२ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा ७७ अर्ब ४३ करोड ७४ लाख रुपैयाँको विद्युत बिक्री गर्ने भएको छ । प्राधिकरणले कुल आवश्यक बिक्रीबाट ६८ अर्ब १९ करोड ७८ लाख, हालको महसुल दरको आधारमा विद्युत बिक्रीबाट आम्दानी ७५ अर्ब ४३ करोड ५९ लाख र विद्युत निर्यातबाट ८२ करोड ४३ लाख आम्दानी हुने देखिएको छ । 

प्राधिकरणले हाल प्रयोग भएको औसत बिलिङ दरको आधारमा चालु आर्थिक वर्षमा सो मूल्य बराबरको विद्युत बिक्री गर्ने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्षमा प्राधिरकणले ७ अर्ब ३८ करोड ६५ लाख ५८ हजार किलोवाट विद्युत बिक्री गरेर सो रकम आर्जन गर्न लागेको हो । 

विद्युत नियमन आयोगले जेठ १२ गते गरेको विद्युत महसुल निर्धारण सम्बन्धी सार्वजनिक सुनुवाइ पछि आयोगले गरेको निर्णयमा यस्तो उल्लेख गरिएको छ । 

नेपाल विद्युत प्राधिकरणले चालु आवको लागि आवश्यक खर्च, आवश्यक वार्षिक बिक्री  तथा निर्यातको प्रक्षेपणको आधारमा ८ अर्ब ६ करोड २५  लाख मूल्य बराबरको अधिक विद्युत बिक्री हुने देखिएको हो । सो रकममध्य ६ अर्ब ६३ करोड ५९ हजार रुपैयाँमात्र हाल समायोजन गरी बाँकी हुन आएको १ अर्ब ४३ करोड २४ रुपैयाँ अर्को पटक महसुल दर निर्धारणमा समायोज गर्न आयोगले यथावत राख्ने निर्णय  गरेको छ । 

कुल विद्युत बिक्रीमध्य ग्राहस्थले २९ अर्ब ८४ करोड रुपैयाँको  ३ अर्ब १९ करोड ३० लाख युनिट किलोवाट प्रतिघण्टा विद्युत खपत गर्ने देखिएको छ । त्यस्तै औद्योगिक क्षेत्रले ३० अर्ब ४२ करोड ९६ लाख मूल्य बराबरको २ अर्ब ७१ करोड ९२ लाख युनिट किलोवाट प्रतिघण्टा विद्युत खपत गर्ने देखिएको छ । औद्योगिक क्षेत्रले ११.१९ रुपैयाँको दरले र ग्राहस्थ उपभोक्ताले ९.३५ रुपैयाँले प्रति युनिट विद्युत खपत गर्ने महसु्ल दर रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस