aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
आयोग निर्णय

विद्युत महसुलमा राज्यको उपहार, उद्योगलाई प्रतियुनिट ८.२० रुपैयाँमात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
विद्युत महसुलमा राज्यको उपहार, उद्योगलाई प्रतियुनिट ८.२० रुपैयाँमात्रै

काठमाडौं । सरकारले सिंगल फेजको १० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले ३० रुपैयाँमात्र विद्युत महसल तिरे पुग्ने व्यवस्था गरेको छ । सोमबार बसेको विद्युत नियमन आयोग सञ्चालन समितिको बैठकले न्यूनतम विद्युत खपत गर्ने उपभोक्तालाई डिमाण्ड शुल्क वापत ३० रुपैयाँमत्र लिएर इनर्जी शुल्क नलिइ विद्युत उपलब्ध गराउन लागेको हो ।  

२ एम्पियरको मिटर जडान गरेका उपभोक्ताले मात्र  यस्तो सुविधा पाउने विद्युत नियमन आयोगका सदस्य तथा प्रवक्ता रामप्रसाद धितालले जानकारी दिए । ‘सिंगल फेज अन्तर्गतको ५ एम्यिर मिटर जडान गरेका उपभोक्तालाई उक्त छुट दिइएको हो,’ उनले भने ‘अन्य उपभोक्ताले भने डिमाण्ड र इनर्जी दुबै शुल्क तिर्नुपर्ने हुन्छ । 

आयोगले गरेको निर्णय अनुसार अब ११ देखि २० युनिटसम्मका उपभोक्ताले मासिक न्यूनतम शुल्क ३० रुपैयाँका साथै आफूले खपत गरेको युनिटलाई तीनले गुणन गरेर हुन आउने रकम तिर्नुपर्ने हुन्छ । जस्तै १५ युनिट खपत गर्ने उपभोक्ताले १५ लाई ३ ले गुणन गरेर हुन आउने रकम ४५ रुपैयाँ र ३० रुपैयाँ न्यूनतम शुल्क गरी जम्मा ७५ रुपैयाँ बुझाउनु पर्ने हुन्छ । 

आयोगले निर्धारण गरेको विद्युत उपभोक्ता महसुल दरमा सिंगल फेजका तल्लो भोल्टेल (२३० भोल्ट) को ५ एम्पियरमा ३० रुपैयाँ, १५ एम्पियरमा ९० रुपैयाँ, ३० एम्पियरमा १२५ रुपैयाँ र ६० एम्पियरका लागि १८५ रुपैयाँसम्म विद्युत महसुल तिर्नुपर्ने भएको छ । 
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले ५ एम्पियरका लागि ९० रुपैयाँ, १५ एम्पियरका लागि १३० रुपैयाँ, ३० एम्पियरका लागि १७५ रुपैयाँ र ६० एम्पियरको लागि २४५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था आयोगले निर्धारण गरेको छ । 

माथि उल्लेखित फेज अन्तर्गत ५ एम्पियरअन्तर्गत रहेर ४ सय युनिटभन्दा  माथि विद्युत खपत गर्ने उपभोक्ताले भने ४ हजार ९ सय ७५ रुपैयाँ विद्युत महसुल तिर्नुपर्ने हुन्छ । ६० एम्पियरको विद्युत मिटर जडान गरेका उपभोक्ताले ५ हजार ७५ रुपैयाँ विद्युत महसुल तिर्नुपर्ने हुन्छ 

आयोगले ११ युनिटदेखि ४०० युटिनसम्मका उपभोक्तालाई इनर्जी शुल्क दर बराबर कायम गरेपनि न्यूनतम डिमाण्ड शुल्क भने एम्पियर अनुसार फरक फरक निर्धारण गरेको छ । 

सरकारले कम विद्युत खपत गर्नेलाई बढी र बढी उपभोक्ता गर्नेलाई कम महसुल तिर्ने व्यवस्था डिमाण्ड शुल्क र इनर्जी शुल्कलाई त्यहि अनुसार समायोजन गरेको छ । आयोगले ११ केभीका औद्योगलाई प्रतियुनिट ८.६० पैसा र २५५ रुपैयाँ डिमाण्ड चार्ज निर्धारण गरेको छ भने माथिल्लो भोल्टेजका लागि प्रतियुनिट ८.२० का दरले विद्युत महसुल निर्धारण गरेको छ । यसको डिमाण्ड चार्ज भने २३० रुपैयाँ निर्धारण गरेको आयोगले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । 

माथिल्लो भोल्टजका औद्योगिक उपभोक्ताको लागि भने १३२ केभी अन्तर्गत २३० रुपैयाँ डिमाण्ड शुल्क र प्रतियुनिट ८ रुपैयाँ २० पैसाका दरले विद्युत उपलब्ध गराउने भएको छ । ६६ केभीका औद्योगिक उपभोक्ताको लागि २४० रुपैयाँ डिमाण्ड शुल्क सहित प्रति युनिट ८.३० पैसा तिर्नुपर्ने हुन्छ ।

 त्यसैगरी मझौला भोल्टेज (३३केभी) औद्योगिक उपभोक्ताको लागि २५५ रुपैयाँ डिमाण्ड शुल्क र प्रतियुनिट८.४० पैसा इनर्जी शुल्क तिर्नुपर्ने हुन्छ । व्यापारिक प्रयोजनका लागि खपत हुने ६६ केभी अन्तर्गत ३१५ रुपैयाँ डिमाण्ड शुल्क सहित प्रतियुनिट १०.८० रुपैयाँ महसुल निर्धारण गरिएको छ । गैर व्यापारिले प्रतियुटिन ४.८० रुपैयाँमात्र तिरे पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस