aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

टिभिएसको नयाँ बिक्री योजना, विषेश छुटमा अहिले किन्नुहोस पछि तिर्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
टिभिएसको नयाँ बिक्री योजना, विषेश छुटमा अहिले किन्नुहोस पछि तिर्नुहोस

काठमाडौं । विश्वमा २ पाँग्रे सवारी साधनहरुको एक ख्याति प्राप्त निर्माता टिभिएस मोटर कम्पनीको नेपाल स्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस बाइक तथा स्कूटरहरुको नयाँ बिक्री योजना “सुरक्षित यात्राको सुरक्षित सहयात्री” आरम्भ गरेको छ ।

यस योजना अन्तर्गत टिभिएस मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहकहरुले जिरो प्रतिशत व्याजदर वा जिरो प्रतिशत डाउनपेमेन्ट वा  १० हजार रुपैयाँ स्कूटरमा र  १२ हजार रुपैयाँ मोटरसाइकलमा  नगद छुट वा अहिले किन्नुहोस र पछि सरल मासिक भुक्तानी गर्नुहोस् भन्ने योजना ल्याएको हो ।  ग्राहकहरुले यो चार योजनामध्य कुनै एक कुनै योजना छनौट गर्ने पर्ने हुन्छ । 

यसैगरी ग्राहकहरुले अनलाइन मार्फत् पनि टिभिएस मोटरसाइकल तथा स्कूटर खरिदको लागि अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।  ग्राहकहरुले अनलाइन अर्डर गर्न यो साइटमा जानु पर्नेछ www.tvsnepal.com/shop

योजना शुरु गर्दै जगदम्बा मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक साहिल अग्रवालले भने “परिस्थिति विस्तारै सहज बन्दै गएको छ र अब जीवन फेरि सही ट्रयाकमा आउन लागेको छ । यसैले हाम्रा ग्राहकहरुलाई अबको यात्रा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो योजना अघि सारेका छौं । आशा छ, ग्राहकहरुले यस योजनाबाट भरपूर लाभ लिनु हुने नै छ ।”

अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम विश्वख्यिात कम्पनी टिभीएसले उत्पादन गरेका टिभीएस मोटरसाइकल तथा स्कूटरहरुमध्ये नेपालमा १०० देखि ३१० सीसी सम्म  उपलब्ध छन् । विश्वका ६२ देशमा उपलब्ध टिभीएस ब्राण्डका मोटर साइकल तथा स्कूटरहरु नेपालमा भारत तथा इण्डोनेशीयामा  निर्मित मजबुत, आकर्षक र स्टाइलिस डिजाइनमा उपलब्ध छन् ।

नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा  आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ । 
 

प्रतिक्रिया दिनुहोस