
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चालू आर्थिक वर्षकातेस्रो त्रैमासमो ३ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिसम्म ४६ लाख ५१ हजार रुपैयाँ थियो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ६ गुणाभन्दा बढी भएको हो । यस वर्ष गत भन्दा ३ गुणाभन्दा बढी विद्युत विक्री आम्दानी गरेकाले नाफामा उल्लेख्य रुपमा बृद्धि भएको हो । गत वर्ष तेस्रो त्रैमाससम्म १ करोड १५ लाख ९७ हजार रुपैयाँ बराबरको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष सोहि अवधिसम्म रू ३ करोड ९९ लाख ५५ हजार रुपैयाँको विद्युत विक्री गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ६ करोड ४ लाख ६१ हजाररुपैयाँ कायम भएको छ । चुक्तापूँजीमा गत वर्षको तुलनामा कुनै परिवर्तन देखिएको छैन भने जगेडा कोष रकम १०४ प्रतिशत बढी कायम भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव ८२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १११ दशमलव ३८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस