aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भोलिदेखि  हिमाल दोलखा हाइड्रोपावरको आईपीओ खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
भोलिदेखि  हिमाल दोलखा हाइड्रोपावरको आईपीओ खुल्ने

काठमाडौं, जेठ १३ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ १४ गते मंगलबारदेखि स्थानीयका लागि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १६ लाख कित्ता आईपीओमा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लामा स्थायी बसोबास गर्नेहरुले मात्र आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओ छिटोमा जेठ २८ र ढिलोमा असार १३ सम्म बिक्रीमा रहने छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्ता पुँजी ८२ करोड छ । आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी  १ अर्ब ६० करोड पुग्नेछ  कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यो औसतभन्दा कम हो ।

प्रतिक्रिया दिनुहोस