aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भोलिदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भोलिदेखि

काठमाडौं, जेठ १३ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी वृद्धि गर्नका निम्ति भोलि मंगलबारदेखि १ शेयर बराबर ३  अर्थात तीन सय प्रतिशतको अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो । 

उक्त हकप्रदमा वैशाख ८ गतेसम्म कायम शेयरधनीले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुक क्लोज गरेको थियो । २७ करोड ३९ लाख ८२ हजार चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार पुग्नेछ  । सो हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ  । 


 

प्रतिक्रिया दिनुहोस