
काठमाडौं, जेठ १३ । एनएलजी इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ६४ करोड ४ लाख ६ हजारको आधारमा १० बराबर ६ को अनुपातमा हकप्रदको प्रस्ताव गरेको हो ।
कम्पनीले हालको जारी पुँजीलाई वृद्धि गरी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुर्याउने प्रस्तावमाथि पनि विशेष साधारणसभामा एजेन्डा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस