aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित हकप्रद पुनः निष्कासन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित हकप्रद पुनः निष्कासन

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यस अघि स्थगित गरेको हकप्रद शेयर असार ७ गतेदेखि पुनः निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म विक्री खुला गरेको हकप्रद कोरोना संक्रमणका कारण विक्रिकै क्रममा चैत ११ गतेदेखि स्थगित गरिएको थियो ।

 पटक पटक थपिएको लकडाउनका कारण प्रभावित वनेको हकप्रद निष्कासन असार १ गतेदेखि लकडाउन खुकुले भएसँगै पुनः खुला गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीले ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।  

यस हकप्रद खरिदका लागि आवेदन दिन बाँकी सदस्यहरुलाई सि– आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर मार्फत आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । यस हकप्रदमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस