aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मिर्मिरे लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान , नागवेलीलाई प्राप्ति गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
मिर्मिरे लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान , नागवेलीलाई प्राप्ति गर्दै

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको विशेष सधारण सभा असार २० गते बोलाएको छ । कम्पनीले सिद्धार्थ कटेज तिनकुने, काठमाडौंमा दिनको १ बजे सभा बोलाएको हो । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति विशेष प्रस्ताव सभाका लागि तय भएको छ ।

 सभामा प्राप्ति प्रयोजनको लागि मूल्यांकनकर्ताबाट चलअचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी प्राप्त प्रतिवेदनको आधारमा नागबेली लघुवित्तको समायोजित प्रतिशेयर मूल्यको आधारमा गरिएको शेयर स्वाप अनुपात स्वीकृती गर्ने प्रस्ताव रहेको छ । 

साथै मिर्मिरे लघुवित्तले नागबेली लघुवित्त र स्वेडा लघुवित्तलाई प्राप्ति गरे पश्चात कायम हुने चुक्तापूँजीको आधारमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभामा पेश गर्दैछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १० गते देखि २० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस