aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सात सेगमेन्ट

'औषधि पसलमा धेरै पुरुष व्यापारी हुने भएकाले कस्मेटिक पसलमा प्याड पठाउन थाल्यौं'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
'औषधि पसलमा धेरै पुरुष व्यापारी हुने भएकाले कस्मेटिक पसलमा प्याड पठाउन थाल्यौं'

समाज परिवर्तनसँगै हाम्रो रहनसहन, खानपान तथा हामीले प्रयोग गर्ने सामग्री फरक हुँदै गएको छ । जनचेतनामा भएको वृद्धिसँगै स्वास्थ्यमा  हामी बढी सचेत हुन थालेका छौं । समग्र स्वास्थ्य क्षेत्रमा पनि महिला स्वास्थ्य अझ बढी संवेदशील छ । हेल्थ एण्ड हाइजिन प्रडक्ट प्राइभेट लिमिटेडले महिला दिदीबहिनीको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरीय स्यानिटरी प्याड (प्याडिलक्स) बजार ल्याएको छ । उक्त कम्पनीका महाप्रबन्धक उत्सव उदाससँग आर्थिकन्युजले गरेको सम्पादित अंशः


महिला दिदीबहिनीहरूको स्वास्थ्य सुरक्षाको लागि उपयुक्त सेनिटरी प्याड कहिलेदेखि उत्पादन गर्दै आउनुभएको हो ?

चालु आर्थिक वर्षदेखि हेल्थ एण्ड हाइजिन प्रडक्टस् प्राइभेट लिमिटेड कम्पनी सञ्चालनमा आएपनि दशैंपछिमात्र हामीले यसका उत्पादन बजारमा ल्याएका हौं ।  हाम्रो उत्पादन बजारमा भर्खरै आएपनि मैले भने नेपालमा सन् २००६ सालमा स्यानिटरी प्याड उत्पादन तथा वितरणको क्षेत्रमा काम गरेको हुँ  । 

त्यति बेला नेपालमा मेडिकल पसलहरूमा मात्र प्याड पाइन्थ्यो । हाम्रा महिला दिदी बहिनीहरू खुलेर मेडिकल पसलमा गएर प्याड किन्न सक्ने अवस्था थिएन । हामीले त्यस बेला महिला दिदीबहिनीहरूलाई सहजीकरण गर्न कस्मेटिम पसलहरूमा पनि प्याड उपलब्ध गराउन थाल्यौ । धेरै जसो औषधि पसलहरूमा पुरुष मात्र हुने हुँदा उहाँहरूले अप्ठेरो मानेको महसुस गरेर हामीले कस्मेटिक पसलमा पनि स्यानिटरी प्याड राख्न प्रोत्साहित गरेका हौं । 

जुन बेला हामीले उत्पादन सुरु गरेका थियौ त्यतिबेला औषधि पसलहरूले देखिने गरी प्याडको डिस्प्ले गर्दैन थिए । पसलमा नदेख्ख्ने गरी राख्ने र महिला दिदी बहिनीहरूले पनि खुलेर नमाग्ने भएकाले हाम्रो लागि ठूलो चुनौती देखापरेको थियो । त्यो अवस्थामा हामीले पसलहरूलाई डिस्प्ले राख्न लगायौं । डिस्प्लेमा राखेर मात्र पनि सबैले बुझ्ने अवस्था थिएन । 

त्यसपछि हामीले सो प्याडको जानकारी दिन विद्यालयहरूमा क्याम्पेन कार्यक्रम चलायौ । कक्षा सात, आठ, नौ र दशका विद्यार्थीहरूलाई भेला गरेर सुरक्षित महिनावारी कसरी बनाउने र यसलाई कसरी स्वस्थ बनाउने भन्ने बारे छलफल गर्यौ । जोसँग प्याड किन्ने क्षमता छैन्, उनीहरूलाई घरकै कपडालाई पनि कसरी स्वस्थ बनाउने भन्ने बारे बुझायौं । 

विद्यालयस्तरमै स्वास्थ्य विषयमा यस सम्बन्धी पाठ भएपनि पढाउने पुरुष शिक्षक भएका कारण विद्याथीहरू खुलेर आफ्नो समस्या भन्न नसकेको पनि हामीले पायौं । जब हाम्रो टिमले महिनावारी सुरक्षाको बारेमा बुझाउन सुरु गर्यो त्यसपछि उनीहरूले खुलेर आफ्नो समस्या राख्ने थालेका छन् । पायौं

महिनावारी स्वास्थ्य सुरक्षाको विषयमा जनचेतना फैल्याउने अभियान कति वर्षसम्म चलाउनुभयो ? अहिले पनि यो अभियान जारी छ ?

विद्यालयस्तरमा जनचेतना फैल्याउने अभियान पछि हामीले घर–घरको स्वास्थ्य अभियान अन्तर्गत घर–घरमा गएर शिक्षा दिन थाल्यौं । । हामीले काठमाडौं , भक्तपुर र पोखरा, विराटनगर, धरान लगायतका क्षेत्रहरूमा प्याड कसरी प्रयोग गर्ने भन्ने वारे जनचेतना जगाउने काम गरौं । यो अभियान अहिले पनि जारी छ । 

शिक्षित सहरी क्षेत्रमा भने आफ्ना अविभावकहरूले समयमै महिनावारी सुरक्षाको बारेमा बुझाएर प्याडको प्रयोग गराएका हुन्छन् । तर, ग्रामीण भेगमा एक त जनचेतनाको कमी त्यसमा पनि आर्थिक अवस्था कमजोर हुनेलाई प्याड खरिद गर्न पनि समस्या छ । हामीले विद्यालय स्तरमा डोनेसनको हिसावमा पनि काम गरिरहेका छौं  ।

विद्यालय स्तरभन्दा बाहिर गएर महिनावारी स्वास्थ्य सुरक्षाको विषयमा जनचेतना फैल्याउने काम गर्नु भयो कि भएन ? 

हामीले स्कुलदेखि घरघरमा पनि महिनावारी स्वास्थ्य सुरक्षाको बारेमा जानकारी दिने काम गरेका थियौं । हामी समुदाय स्तरमा काम गर्नका लागि हामी सोझै जान नसक्ने भएकाले लोकल एनजीओहरूसँग समन्वय गरेर महाकाली सेतीसम्मका लगभग ४० जिल्लामा काम गरिसकेका छौं । 
 

हजुरहरूले कति प्रकारका प्याड उत्पादन गर्नुभएको छ ? यसको मूल्य कतिसम्म पर्छ ? 

हामीले भर्खरै बजारमा प्याडिलक्स भन्ने ब्राण्ड ल्याएका छौं । हाम्रो प्रडक्टमा अहिले सातवटा सेगमेन्ट रहेका छन् । दुईवटा सेगमेन्ट अझै हामीले डेभलप गर्दैछौं । प्याडिलक्स भन्ने ब्राण्ड हाम्रो रेगुलर ब्राण्ड हो । यो हामीले उडन फ्लफमा बनाउँछौ । हामीले उत्पादन गरेको यो प्याड सस्तो र सुरक्षित छ । यो हाम्रो २४०, २८० र ३२०  एमएममा उपलब्ध छ । 

यो ब्राण्ड साइज र क्वालिटीअनुसार फरक–फरक मूल्यमा पाइन्छ । कम्पनीको उत्पादनमा सफ्ट कटनको कभर छ । यसले युजरलाई सफ्ट अनुभव गराउँछ । यो प्रोडक्ट नेपालमा धेरै प्रभावकारी मानिएको छ । हामीले उत्पादन गरेको प्याडिलक्सको मूल्य साइज हेरर ४० देखि १ सय  रूपैयाँसम्म पर्छ । हामीसँग नर्मल खालको प्याड पनि उपलब्ध छ । मिडियम देखि हाई लेवलका सम्मले पनि प्रयोग गर्न सक्ने गरी हामीले प्रडक्ट बनाएका छौं । 

तपाईहरूले उत्पादन गरेको प्याडको बजार अवस्था कस्तोे छ ?

कन्जुमरहरू दिनानुदिन बढीरहेका छन् । अहिले बजारमा आएका नेपाली प्रडक्ट मध्यको यो गुण स्तरीय प्रडक्ड मानिएको छ । महिला दिदीबहिनीहरू आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । हामी यो पनि दावी गर्छौ ‘मूल्य र क्वालिटीको हिसावमा विदेशबाट आएका प्रोडक्टहरू भन्दा पनि हाम्रो प्रोडक्ट उत्तम छ । अहिलेको यो मोडर्न युगमा युवायुवतीमा फेसन मात्र नभएर आफ्नो आन्तरिक स्वास्थ्यलाई पनि ध्यान दिएर प्रोडक्टहरू छान्ने अभ्यास बढ्दै गएको छ । यसकारण पनि हाम्रो प्रोडक्टको बजार राम्रै भैरहेको छ । 

प्याड उत्पादनक लागि कच्चा पदार्थहरू कहाँबाट आयात गर्नुहुन्छ ? यसका लागि सरकारबाट के कस्तो छुट पाउनुभएको छ ? 

हामीले उत्पादन गरेको प्याड विदेशी कच्चा पदार्थबाटै बन्ने हो । यो प्याड तयार गर्न चाहिने कच्चा पदार्थ नेपालमा उत्पादन हुँदैन । सबै विदेशबाटै ल्याउने हो । यसको मेसिन यति नै संवेदनशील छ किनकी एउटा सानो टेप मिलेन भने पनि मेसिन चल्दैन । यसको लागि चाहिने उडन फ्लफ त यहाँ पाउँदै पाउँदैन । उडन फ्लग अमेरिकाबाट ल्याउने हो ।

प्याडमा प्रयोग हुने सबै सामाग्रीहरू पनि कुनै अमेरिका कुनै चाइनाबाट ल्याउँछौ । प्याडको लागि सबै सामाग्री नेपाल बाहिरबाटै ल्याउने हो । हामीले कच्चा पदार्थ आयातमा सरकारबाट छुट पाएका छौं । दुई वर्ष अघि ४० प्रतिशत सम्म कच्चा पदार्थ आयात गर्दा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था थियो ।  अहिले ५ प्रतिशत मात्र तिरे पुग्छ ।

उत्पादन सामाग्री सबै बाहिरबाट ल्याउनुपर्ने अवस्थामा लकडाउनको प्रभाव कस्तो परेको छ ? 

हामीले धेरै जसो कच्चापदार्थ चाइनेबाट र केहि अमेरिकाबाट मगाउने गरेका थियौं । लकडाउनका कारण सबै ठप्प भएको छ । हामीले सामान मगाउँदा तीन देखि चार महिना समय लाग्छ ।  अहिले लकडाउननै चार महिना हुन लाग्यो, कच्चा पदार्थ जुटाउन समस्या भैरहेको छ । हामीले उत्पादन गर्ने प्याड भनेको महिना स्वास्थ्यसँग जोडिएको अतिनै आवश्यकीय वस्तु हो । बीचमा केही कच्चा पदार्थ भारतबाट पनि ल्यायौं । अझै बाहिरका बोर्डरहरू खुल्ने नखुल्ने अन्योल रहेकाले उत्पादन बन्द गर्नुपर्ने अवस्था छ ।

हामीले अहिले कति प्याड उत्पादन गरिरहेका छौ ? नेपालमा यो प्याडले कति हिस्सा ओगटेको छ ?

कम्पनीको क्षमता भनेको पर मिनेट २४० पिस उत्पादन गर्ने हो  । हाम्रो मेसिनलाई पूर्ण क्षमतामा सञ्चालन गर्दा एक महिनाको उत्पादनले बजारमा ६ महिना सप्लाई गर्न पुग्छ । बजारमा हाम्रो प्रोडक्टको हिस्सा १० देखि २० प्रतिशतसम्म छ । बजार बढ्दै थियो लकडाउन भयो ।
हामीले बाहिरी मुलुकमा पनि निर्यात गर्ने योजना बनाइरहेका छौ । हामीले निर्यात गर्ने भनेको सार्क मुलुकमा मात्र हो । त्यो मुलुहरूमा उनीहरूकै आफ्नो उत्पादन छ । निर्यातका लागि हामी केहि उनीहरूभन्दा फरक हुनुपर्यो ।

तर, पनि हामीले पहल गरिरहेका छौं । भर्खरै मात्र दुवईको अनलाईन सेन्स मार्केटिङसँग पनि कुरा भएको छ । हामीलाई अन्तर्राष्ट्रिय मुलुकमा नेपाली प्रडक्ट निर्यात गर्न नेपाल सरकारको पनि सहयोग चाहिन्छ । नेपाली प्रोडक्टहरू गुणस्तरिय छन् भन्ने सन्देश नेपाल सरकारमार्फत अन्तर्राष्ट्रिय स्तरमा पुग्नुपर्यो ।

सरकारले ब्राण्डेड गरिदिनुपर्ने कुरा गर्नुपर्याे भन्ने माग गर्नुभयो । यो विषयलाई सहजीकरण गर्नका लागि उद्योगीहरूको भूमिका के होला ? 

अहिले चाहिँ हामीले सरकारसँग हातेमालो गर्ने हो । वाहिर निर्यात गर्ने त हामीले हो । सरकारले सहजीकरण गरिदिनुपर्नेमात्र भनेको हो ।  


  

प्रतिक्रिया दिनुहोस