aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्स्योरेन्सको लाभांश पारित, अब चुक्ता पुँजी १ अर्ब १५ करोडमाथि पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
नेपाल इन्स्योरेन्सको लाभांश पारित, अब चुक्ता पुँजी १ अर्ब १५ करोडमाथि पुग्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले प्रस्तावित लाभांश पारित गरेको छ । कम्पनीले शुक्रबार ७१ औं वार्षिक साधारण सभा गरि लाभांश पारित गरेको हो । कोरोना संक्रमणका विच विशेष सुरक्षा अपनाएर कम्पनीले आफ्नै पुरानो भवन कमलादी, काठमाडौंमा सभा सम्पन्न गरेको हो । यस अघि चैत २१ गतेका लागि तय भएको यो सभा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । 

कम्पनीले सभा मार्फत प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँको आधारमा लाभांश दिएको हो । ५ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।

 बोनस पश्चात कम्पनीको चुक्तापूँजी बढ्ने भएकाले सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । यस कम्पनीले सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने योजना बनाई सभा मार्फत उक्त योजना कम्पनीको प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले चैत ४ गतेदेखि बुक क्लोज गरेकाले त्यस दिनभन्दा अघिल्लो शेयर कारोबारमा कायम शेयरधनीहरु मात्र लाभांश पाउन योग्य भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस