aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इन्फिनिटीको आईपीओमा पहिलो दिन नै १.८८ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
इन्फिनिटीको आईपीओमा पहिलो दिन नै १.८८ गुणा बढी आवेदन

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा १.८८ गुणा बढी आवेदन परेको छ । सोमबारदेखि सर्वसाधारणका लागि जारी भएको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा १.८८ गुणा बढी आवेदन परेको हो ।

 विक्री प्रबन्धक सिभिल क्यापिटजले दिएको जानकारी अनुसार ५२ हजार ९५४ जना आवेदकले ११ लाख ८७ हजार ८६० कित्ताको लागि आवेदन परेको जनाएको छ । 
कम्पनीले सर्बसाधारणका लागि कुल ६ लाख ७४ हजार कित्ता आइपिओमध्य ६ लाख २९ हजार ९३० कित्ता शेयर विक्री खुल्ला गरेको हो । बाँकी शेयर मध्य १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । आवेदकले यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

सोमबारदेखि छिटोमा जेठ १६ र ढिलोमा असार १० गते सम्म विक्रीमा रहेको यस आईपीओमा तोके बमोजिम आवेदन परे छिटो अवधिभित्र विक्री बन्द हुनेछ । 
हाल १४ करोड रुपैयाँ चुक्तपूँजी रहेको यस कम्पनीको आइपिओ पश्चात २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस