
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेकी छन्। नकारात्मकताबाट टाढा रहन तथा आफ्नो मानसिक स्वास्थ्यको रक्षाका लागि यस्तो गरेको उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् बताएकी छन्।
आफ्नो इन्स्टाग्राम पोस्टमा ट्वीटर पोस्टको स्क्रीनसट राख्दै उनले भनेकी छन्–आफ्नो मानसिक स्वास्थ्यको रक्षा र नकारात्मकताबाट टाढा रहन पहिलो कदम उठाइरहेकी छु, मैले आफ्नो ट्वीटर अकाउन्ट डिएक्टिभेट गर्दैछु ।’
यसका साथै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टको कमेन्ट सेक्सन पनि डिसेबल गरिदिएकी छन्। उनले लेखेकी छन्, आगो लाग्यो बस्तीमा, म आफ्नो मस्तीमा, अलबिदा ट्विटर ।’
यसअघि यसैसाता फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेका थिए। उनले पनि भनेका थिए–यसले घृणा र नकारात्मकता फैलाउन जमिनजस्तै काम गरिरहेको छ।’
हालै बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि सामाजिक सञ्जालमाथि फिल्म निर्माता करण जौहरमाथि ट्रोल बनाइएको थियो। कैयौंको भनाइ थियो–करण जौहरले केवल चर्चित अभिनेताका सन्तानलाई मात्रै कामको मौका दिन्छन्, यसपछि उनले फिल्म व्यवसायसँग सम्बन्धित मानिसहरुलाई ट्वीटरमा अनफलो गरेका थिए।
प्रतिक्रिया दिनुहोस