
काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न १२औँ वार्षिक साधारण सभा डाकेको छ। इन्स्योरेन्सले असार २९ गते सोमबार २ बजे अग्रवाल भवन कमलपोखरीमा सभा डाकेको हो।
साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि १ करोड २३ लाख चौँतीस हजार चार सय ४१ रुपियाँ नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपियाँ रहेको छ ।
साधारण सभा प्रयोजनका लागि असार १९ गते शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय समेत सञ्चालक समितिले गरेको छ । असार १८ गतेसम्म कारोबार भई कायम हुने शेयरधनीहरु मत्र बोनश शेयरको हकदार हुनेछन् ।
प्रतिक्रिया दिनुहोस