काठमाडौं । दिनानुदिन अकाशिँदै गएको सुनको मूल्य नेपाली बजारमा बढेर तोलाको ९० हजार बढी पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि संसारभर बढीरहेको सुनको मूल्यको नेपालमा भने कर बढेपछि झनै आकाशिएको थियो ।
असार ५ गते तोलाको ८९ हजार ९ सयमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । असार ५ गते तोलाको ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ ।
प्रतिक्रिया दिनुहोस