aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

“नेपालगञ्ज र झापाबाट विना पास आएका सार्वजनिक सवारी नागढुङ्गाबाट पक्राउ ”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
“नेपालगञ्ज र झापाबाट विना पास आएका सार्वजनिक सवारी नागढुङ्गाबाट पक्राउ ”

काठमाडौं । लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीमा पनि विना पास वढी भाडा लिई उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौँ आएको ४ वटा सार्बजनिक भाडाका बसहरूका साथै चालकहरूलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ्ग टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नेपालगञ्जबाट आएको बा ४ ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा  ४ ख ४५८० नम्बरको हाईस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४  नम्बरको बसका साथै चालक क्रमशस् विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्ती रहेका छन् ।

मौकाको फाईदा उठाई सार्वजनिक बसहरूमा विना पास बढी भाडा लिई काठमाडौँ उपत्यका भित्रिदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा उक्त बस पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौत्तमले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस