aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

गुराँस लाइफको हकप्रद निष्कासन असार १४ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असार २०७७
गुराँस लाइफको हकप्रद निष्कासन असार १४ गतेदेखि

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद शेयर  असार १४ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले यस अघि स्थगित हकप्रद शेयर निष्कासन गर्ने भएको हो । यस अघि कम्पनीले चैत २० गतेदेखि उक्त हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको थियो ।

लकडाउनका कारण विक्री खुला गर्न नसकेको कम्पनीले असार १ गतेदेखि अवस्था केहि सहज भएकाले विक्री खुला गर्ने तयारी गरेको हो । कम्पनीले प्रतिशेयर  १०० रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर साउन ४ गतेसम्म विक्री गर्न लागेको हो । यस हकप्रदमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि फागुन २२ गते बुक क्लोज गरेको थियो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको  ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ । बीमा समितिले तोेके बमोजिम २ अर्ब रुपैयाँ चुक्तापूँजी हकप्रद पश्चात पनि कायम नहुने भएको छ ।

 कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँकै आधारमा १३ दशमलव १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले हालसम्म वार्षिक साधारण सभाको मिति तय गरेको छैन् । प्रस्तावित बोनस पश्चात भने कम्पनीको चुक्तापूँजी तोके बमोजिम  २ अर्ब रुपैयाँ कायम हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस