
काठमाडौं । कालिका पावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण असार ८ गते सार्वजनिक गरेको छ । कम्पनीले लकडाउनका कारण विवरण प्रकाशनमा ढिलाई भएको बताएको छ । यस वर्ष कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म २ करोड ३३ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले १४८ प्रतिशत बढी खुद नाफा गरेको हो ।
गत वर्ष यस अवधिसम्म १३ करोड ६२ लाख ८६ हजारको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष १३ करोड ९१ लाख २५ हजार रुपैयाँको विद्युत विक्री गरेको थियो । गत वर्षभन्दा यस वर्ष विद्युत विक्री आम्दानी २ प्रतिशत बढी भएको छ । विद्युत विक्री लागत भने ९ प्रतिशतले कम भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म विद्युत विक्रीका लागि १ करोड ९ लाख ९२ हजार रुपैयाँ खर्च गरेको कम्पनीले यस वर्ष ९९ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै जगेडा कोष रकम गत वर्षभन्दा ८ गुणा बढी कायम भएको छ । गत वर्ष यस अवधिसम्म ८१ लाख ७० रुपैयाँ रहेको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्ममा ६ करोड ९३ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ दशमलव २८ रुपैयाँ र प्रति शेयर नेटवर्थ १११ दशमलव ५६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस