
काठमाडौं । लुम्बिनी जनरल इस्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको ८ दशमलव १३ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको बोनस पश्चातको शेयरमूल्य प्रतिकित्ता ३४६ रुपैयाँ तोकेको छ ।
कम्पनीले उक्त बोनस सहित कर प्रयोजनका लागि शून्य दशमलव ४१ प्रतिशत नगद लाभांश पारित गर्न असार २४ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार ८ गते एक दिन बुक क्लोज गरेको छ ।
प्रतिक्रिया दिनुहोस