aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लक्ष्मी हुण्डाईद्वारा विशेष प्याकेजको सुरुवात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असार २०७७
लक्ष्मी हुण्डाईद्वारा विशेष प्याकेजको सुरुवात

काठमाडौं । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. (लक्ष्मी हुण्डाई) ले ग्राहकका लागि विषेश प्याकेज ल्याएको छ ।  हाल कोविड-१९ को बद्िलँदो परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि सानो प्रयास स्वरुप एक विशेष प्याकेज ल्याएको हो  । जस अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाईदाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाल कोविड-१९ ले ल्याएको चुनौतीहरुसँग सामना गरी अघी बद्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुण्डाईले एक सानो प्रयास स्वरुप विशेष प्याकेजको सुरुवात गरेको छ । ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिशतका साथ दिने जनाएको छ ।

यसका साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शुल्क विमा, निस्शुल्क सडक कर (आ.व.७७र७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको समेत सुविधा रहेको छ ।  यस विषम परिस्थितीमा कोरोना भाईरस बिरुद्ध तत्पर रही लडी रहनु भएका स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएका छन् । यस सँगै चार वर्ष को निस्शुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ  ।    

प्रतिक्रिया दिनुहोस