
काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकले यस अघि स्थगित १२ औं वार्षिक साधारण सभा असार २१ गते बोलाएको छ । यस अघि कम्पनीले चैत ३० गते उक्त सभा बोलाएको थियो । कोरोना संक्रमणका कारण स्थगित सभा अवस्था सामान्य भएसँगै कम्पनीले पुनः आव्हान गरेको हो । सभा विहान १०ः३० बजे उद्योग संगठन मोरङ, तिनपैनी, बिराटनगरमा सुरु हुनेछ ।
गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन, नगद प्रवाह विवरण तथा नाफानोक्सान हिसाव पारित गर्नुका साथै सभाले प्रस्तावित ६ प्रतिशत बोनस पनि पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी ७८ करोड ७१ लाख ११ हजार रुपैयाँको आधारमा बोनस शेयर वितरण गर्ने भएको हो । सभाले संस्थापकतर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ देखि ३० गतेसम्म बुक क्लोज गरेका छ । यसर्थ सो मितिभन्दा अघिल्लो दिन चैत १६ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस